माओवादी स्थायी कमिटी बैठक आज सकिँदै, प्रचण्डले प्रश्नहरुको जवाफ दिने


काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति बैठक आज सकिँदैछ । विगत चार दिनदेखि जारी रहेको बैठक आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थायी समिति सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिएर सकिने बताइएको छ ।

पार्टीको स्थायी समितिको बैठक विहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ । हिजो उपमहासचिव जनार्दन शर्मा, उपाध्यक्ष अग्नि सापकोटा, सचिव हितमान शाक्य, हितराज पाण्डे, उर्मिला अर्याल, यशोदा सुवेदी, विश्वनाथ साह, गिरिराजमणि पोखरेल, पेशल खतिवडा, चक्रपाणि खनाल, दिनानाथ शर्मा, शक्ति बस्नेत, नन्दबहादुर पुन, पम्फा भुसाल, कृष्णबहादुर महरा, डिलाराम आचार्य, लिलामणि पोखरेल, हरिबोल गजुरेल र नन्द प्रसाईंले धारणा राखेका थिए ।