काठमाडौं, १९ साउन । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिएका छन् । तुर्कमेनिस्तान भ्रमणमा निस्किनुअघि अध्यक्ष ओलीले कार्यवाहक अध्यक्षको जिम्मेवारी पोखरेललाई प्रदान गरेका हुन् ।
प्रधानमन्त्री ओली गएराति तुर्कमेनिस्तान प्रस्थान गरेका हुन् । उनी साउन २३ गते शुक्रबार राति स्वदेशमात्रै स्वदेश फर्किने कार्यतालिका छ । प्रधानमन्त्री ओलीले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी भने उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई प्रदान गरेका छन् ।




प्रतिक्रिया