केपी ओलीले विद्या भण्डारीलाई ‘आउट’ गराएर एमालेमा झलनाथलाई ‘ईन’ गराउँछन् भनेर मुख मिठ्याउनु महामुर्खता होः जगन्नाथ खतिवडा


काठमाडौं, १९ साउन । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झलनाथ खनाललाई पार्टीमा भित्र्याउन खोजेको हो भने उनले पछाडिबाट सुम्सुम्याइरहेका छन् भन्ने बुझ्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूसँग आँखा जुधाउनेगरी, बोल्नेगरी, तर्क/वितर्क गर्नेगरी, राजनीतिक/सैद्धान्तिक बहस गर्नेगरी कोही मान्छे गयो भने ओलीले जानुभन्दा पहिला नै पत्तासाफ गरिदिने बताए ।

‘झलनाथ खनाल विचारमा बहस नगरी, सिद्धान्तमा छलफल नगरी, पार्टीको रणनीतिक कार्यदिशाबारे छलफल नगरी बस्न नसक्ने मान्छे । आज केपी ओलीले झलनाथ खनाललाई अनाउनुस् भन्नुभएको छ भने पछाडिबाट सुम्सुम्याइरहनुभएको छ भन्ने बुझ्नुपर्छ,’– उनले भने ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले म केन्द्रीय अध्यक्षसमेत बन्नसक्छु भन्ने आशय व्यक्त गरेको कारण सदस्यताबाटै हटाइएको उनले बताए । केपी ओलीले विद्या भण्डारीलाई आउट गरेर झलनाथ खनाललाई इन गराउँछन् भनेर मुख मिठ्याउनु महामुर्खता हुने उनले बताए ।