मेडिसिटी अस्पतालले ल्यायो ‘तीज स्पेशल प्याकेज २०८२’


काठमाडौं, १९ साउन । नेपाल मेडिसिटी अस्पतालले तीजविशेष अफर सार्वजनिक गरेको छ। आजबाट सुरु भएको यो अफर आगामी भदौ १५ गतेसम्म कायम रहनेछ । अस्पतालले “तीजको रमाइलो, नेपाल मेडिसिटीको विशेष प्याकेजसँग” भन्ने अफर सार्वजनिक गरेको हो । अफरको लागि आजबाट नै बुकिङ खुला गरिएको अस्पतालले जनाएको छ ।

४० वर्ष मुनिका महिलालाई ७ हजार ५ सयको प्याकेज छ । यस्तै, ४० वर्षमाथिका महिलाहरुको लागि भने ९ हजार ५ सयको प्याकेज सार्वजनिक गरिएको छ । यो प्याकेजमा ब्रेकफास्ट पनि गराईनेछ । दुवै प्याकेजमा फिजिसियन र स्त्रीरोग विशेषज्ञसँग निःशुल्क परामर्शपनि गराईने उल्लेख गरिएको छ ।