प्रतिनिधिसभाको बैठक सुरु, राष्ट्रपतिले फिर्ता पठाएको विधेयक कार्यसूचीमा {LIVE}


काठमाडौं, १९ साउन । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको सभामा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।

संघीय संसद्का महासचिवले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ को सम्बन्धमा सम्माननीय राष्ट्रपतिबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै, सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको २३ औँ वार्षिक प्रतिवेदन, २०८२’मा उल्लिखित सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१ को उपदफा (२) बमोजिम स्वीकृत गर्न प्रस्ताव प्रस्तुत गर्ने, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।