काठमाडौं, १९ साउन । प्रमुख सत्तारुढ दल नेकपा (एमाले) की सचेतक सुनिता बरालले बहुविवाहको विषयमा अहिले उठेको प्रश्नमा जवाफ दिन कानूनमन्त्री अजयकुमार चौरसियासँग माग गरेकी छिन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले बहुविवाह सामाजिक रुपमा पनि असामाजिक विषय र कानूनी रुपमापनि गैरकानूनी विषय भएकोले अहिले यो विषय उठिरहँदा कानून मन्त्रालय र मन्त्रीले जवाफ दिनुपर्ने माग गरेकी हुन् ।
बहुविवाहको अहिलेको विषय जसरी बाहिर आएको छ यो गम्भीर विषय भएको उनको तर्क छ । उनले भनिन्,‘यो बहुविवाहको विषय गम्भीर विषय हो, यति गम्भीर विषय कसरी बाहिर आए ? कानूनमन्त्रीज्यूलाई यो सदनमा जवाफ दिनको लागि अनुरोध गर्न चाहन्छु ।’




प्रतिक्रिया