काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले किसानलाई समयमै मलखाद उपलब्ध गराउन नसकेको भनेर सरकारको आलोचना गरेका छन् । उनले केहीअघिसम्म पानी नपर्दा किसान मारमा परेको र अहिले पानी पर्दा धानबालीको लागि मलखाद पर्याप्त मात्रामा नपाएको भन्दै सरकारले अविलम्ब मलखादको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले किसानले अहिले ब्ल्याकमा मलखाद किन्नुपरेको भन्दै सरकारले नै विशेष सहुलियतमा खाद उपलब्ध गराउनसक्नुपर्ने बताए । यस्तै, किसानले दूधको भुक्तानी अहिले ८ महिना बितिसक्दापनि नपाएको भन्दै त्यो भुक्तानी पनि दिलाउन सरकारसमक्ष माग गरे ।




प्रतिक्रिया