काठमाडौं, १९ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधिसभा सदस्य अशीम शाहले वनमन्त्री ऐनबहादुर शाही ठकुरीले हुँदै नभएको कार्यक्रम बनाएर आफ्नी श्रीमती र स्वकिय सचिवलाई नर्बे लगेको आरोप लगाएका छन् ।
आज (सोमबार) प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘वनमन्त्रीको त लिला नै अपरम्पार सुन्न पाइयो । हुँदै नभएको कार्यक्रमको ठेली बनाएर श्रीमती र स्वकीय सचिवलाई सरकारी ढुकुटीमा नर्बे शयर गराउनु भएछ । देश आर्थिक संकटले थिलोथियो भएको बेला जनताले तिरेको करमा कस्तो रमाइलो वनभोज हो यो ?’




प्रतिक्रिया