काठमाडौं, १९ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी स्थायी समिति बैठकमा सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प गरिएको बताएका छन् । बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पार्टी थप एकतावद्ध भएको बताए ।
‘देशको लोकतान्त्रिक आन्दोलनको सुदृढीकरणको निम्ति, लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति हाम्रो पार्टी जसले यो परिवर्तनमा सबैभन्दा महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेल्यो । यसलाई एकतावद्ध गर्ने चुनौति हाम्रो अगाडि थियो । त्यो चुनौतिलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौं र पार्टी एकतावद्ध भएको छ । हामीले सामूहिक प्रतिवद्धता गरेका छौं अबदेखि हामी अझ सुदृढ एकताको साथ, सबैखाले गुटबन्दीको अन्त्य गर्ने संकल्प लिएका छौं,’– अध्यक्ष प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले फेरि एक पटक जनतामा जाने र देशमा देखा परेका विसंगतिहरुको अन्त्यको निम्ति आन्दोलन गर्ने निर्णय भएको बताए ।




प्रतिक्रिया