जीबी राई पक्राउका लागि दवाब दिन काठमाडौंमा डेलिगेशन


काठमाडौं, १९ साउन । सहकारी पीडितहरुले गीतेन्द्रबाबु (जीबी) राईलाई तत्काल पक्राउ गर्न सरकारलाई दवाब दिएका छन् । चितवनको सहारा, बुटवलको सुप्रिम, विरगञ्जको सानोपाइला, पोखराको सूर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीका पीडितहरु डेलिगेशन आएका हुन् ।

साहारा सहकारी पीडितका संयोजक शालिकराम दुवाडीले गृहमन्त्रालय, सहकारी मन्त्रालय, सहकारी विभागलगायतमा डेलिगेशन जाने तयारी रहेको बताए । आफूहरुको बचत तत्काल फिर्ता हुनुपर्ने र फरार प्रतिवादी जीबी राईलाई तत्काल पक्राउ गरिनुपर्ने उनको माग छ ।

संयोजक दुवाडीले साहारा सहकारीमा ६ हजार २ सय बचतकर्ताको ६६ करोड रुपैयाँ हिनामिना भएको बताए । सूर्यदर्शन सहकारी पीडितका संयोजक किरण श्रेष्ठ, सुप्रिम सहकारी पीडितका संयोजक विजय नेपाल, स्वर्णलक्ष्मीका संयोजक नन्दु ताम्रकार, सानोपाइलाका विक्रम यादवलगायत डेलिगेसनमा आएका छन् ।