राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को नतिजा सार्वजनिक


काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्ड बैठकले औपचारिकरूपमा नतिजा सार्वजनिक गरेको हो ।

यस वर्ष वर्ष १२ को परीक्षामा नियमिततर्फ ३ लाख ९५ हजार र आंशिकतर्फ १ लाख १५ हजार गरी ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए ।

नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटलगायतबाट हेर्न सकिने बताइएको छ ।