दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश


काठमाडौं, १९ साउन । उच्च अदालत पाटनले दुर्गा प्रसाईलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । गत चैत १५ गतेको तीनकुने घटनापछि थुनामा रहेका प्रसाईँलाई न्यायाधीश टंक गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश गरेको हो ।

जिल्ला अदालत, काठमाडौंको आदेशअनुसार उनी अहिले डिल्लीबजार कारागारमा थिए । उनीविरुद्धको बैंकिङ कसुर मुद्दामा पनि २५ लाख धरौटी माग भएको छ ।