काठमाडौं, १९ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । उच्च अदालत पाटनले आज प्रसाईंलाई रिहा गर्न आदेश दिएको थियो । तर, धरौटी बुझाउने प्रक्रिया लम्बिएको कारण उनी ढिलोगरि अहिले भर्खरै रिहा भएका हुन् ।
उनी आफूले चढ्दै आएको टोयोटाको प्राडो चढेर बाहिरिएका हुन् । प्रसाईंलाई ३ लाख र २५ लाख धरौटी मागिएको छ । चैत्र १५ गतेको तिनकुनेको घट्ना र बैंकिङ कसुरमा गरी उनीसँग छुट्टाछुट्टै धरौटी रकम माग गरिएको हो ।
प्रसाईंलाई रिहा गर्न आदेश आएपछि नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मासमेत उनको स्वागतको लागि पुगेका थिए । file photo




प्रतिक्रिया