काठमाडौं, २० साउन । नेकपा (माओवादी केन्द्र) ले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेपछि माओवादी धारमा हलचल पैदा भएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले माओवादीले हावामा तीर हानेको भन्दै तत्काल एकताको सम्भावना नभएको प्रतिक्रिया दिएका थिए ।
उनले आफूहरुसँगको एकताको लागि माओवादीले ठोस छलफल नगरेको दाबी गरेका थिए । तर, महासचिव विप्लवले आज यो विषयमा छलफल गर्न स्थायी समितिको अनौपचारिक बैठक बोलाएका छन् । हरिसिद्धीस्थित् आफ्नो निवासमा बसेको बैठकमा माओवादीले गरेको एकताको निर्णयको विषयमा पनि छलफल भएको हो ।
तर, आजको बैठकमा उत्पादनकेन्द्रित नयाँ कार्यक्रम ल्याउने र विप्लव सी को नेतृत्वमा नै देशलाई निकास दिने निश्कर्ष निकालेको छ। त्यसको लागि नयाँ घोषणापत्रसहित नयाँ केन्द्र निर्माणको आवश्यकत्ता औंल्याएको सेर बहादुर सीले जानकारी दिएका छन् । विप्लवको प्रतिक्रिया भने आउन बाँकी छ । उनले माओवादी केन्द्रको एकता प्रस्तावबारे आजै धारणा राख्ने बताईएको छ ।




प्रतिक्रिया