काठमाडौं, २० साउन । नाडा अटो शो २०२५ यही भदौ ३ गतेदेखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ। नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालद्वारा आयोजित यस शोको उद्घाटन नेपाल सरकारका उपप्रधानमन्त्री एवंअर्थमन्त्री श्री विष्णुप्रसाद पौडेलले गर्नेछन् ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालले यो केवल प्रदर्शनी मात्र नभई, नेपालको दिगो, स्मार्ट र भविष्यमुखी मोबिलिटी को प्रतिबिम्ब भनेको छ । Go For More भन्ने नारासहित आयोजना हुने यस वर्षको शोले नवीनतम प्रविधि, ग्राहक संलग्नता र अटो क्षेत्रको सम्पूर्ण पारिस्थितिकी तन्त्रलाई एकै छानामुनि ल्याउनेछ।




प्रतिक्रिया