काठमाडौं, २० साउन । संघीय निजामती सेवा विधेयकअन्तर्गतको ‘कुलिङ अफ पिरियड’ मा भएको छेडखानी छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । समितिका सभापति जीवन परियारले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएका हुन् ।
उक्त विशेष समितिको सदस्यहरुमा नेपाली कांग्रेसबाट सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, माओवादीबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका थिए ।
समितिले कुलिङ पिरियडमा भएको छेडखानीमा प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याल दोषी ठहर गरेको स्रोतको दाबी छ ।




प्रतिक्रिया