काठमाडौं, २० साउन । नेकपा (एमाले) का सांसद योगेशकुमार भट्टराईले हमासको कब्जामा रहेका नेपाली युवा विपिन जोशीको रिहाईको लागि सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले जोशीको रिहाईको लागि परराष्ट्रमन्त्रीको ध्यानाकार्षण गराएका हुन् ।
उनले भने,‘हाम्रा नेपाली युवा विपीन जोशी सन् २०२३ अक्टोबर ७ मा हमासद्धारा कब्जा गरी बन्धक बनाईएको दुई वर्ष बित्न लागिसकेको छ । आजसम्म उहाँको स्थिति सार्वजनिक भएको छैन । नेपालको कुनैपनि देशलाई आफ्नो शत्रुराष्ट्र ठान्दैन । नेपाली नागरिक अथवा नेपाली सेना कुनैपनि दुई राष्ट्रको युद्धमा सामेल छैन ।यस्तो अवस्थामा पनि हाम्रो नेपाली नागरिक विभिन्न देशमा बन्धक हुनु दुःखको कुरा हो । विपीन जोशीको रिहाको लागि अझै प्रभावकारी कुटनीतिक कदम चाल्नकोलागि म नेपाल सरकारको ध्यानाकार्षण गराउन चाहन्छु ।’




प्रतिक्रिया