काठमाडौं, २० साउन । संघीय निजामती सेवा विधेयकअन्तर्गतको कुलिङ अफ पिरियडमा भएको छेडखानी छानविन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । समितिले आज (मंगलबार) सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको हो ।
समितिका सभापति जीवन परियारले सभामुख घिमिरेलाई प्रतिवेदन हस्तान्तरण गरे । प्रतिवेदनमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र मुख्यसचिव एकनारायण अर्याललाई दोषी ठहर गरिएको छ ।




प्रतिक्रिया