मन्त्रिपरिषद्का १८ निर्णय सार्वजनिक


काठमाडौं, २० साउन । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको छ । सरकारले आइतबार बसेको मन्त्रिपरिषद्को १८ निर्णय सार्वजनिक गरेको हो ।

मन्त्रिपरिषद्ले अरुण तेश्रो जलविद्युत परियोजना विकासका लागि विकासकर्ता कम्पनी र लगानी बोर्डबीच भएको सम्झौताअनुसार प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ । जलविधुत परियोजना विकासका लागि भएको सम्झौता बमोजिम डा.पवनकुमार श्रेष्ठ, डा.पवनकुमार भट्टराई र डा. गणेशप्रसाद न्यौपाने विषय विज्ञ रहेको प्रोजेक्ट रिभ्यू प्यानल गठन गर्ने र सम्झौता स्वीकृत गर्ने निर्णय भएको छ ।

त्यस्तै, बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको सेवा शर्त र अन्य सुविधा तोक्ने निर्णयसमेत भएको छ ।

मन्त्रपरिषद्ले बालविवाह अन्त्यको लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना २०८२, राष्ट्रिय श्रम आप्रवासन नीति २०८२ र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् पाँचौँ संशोधन नियमावली २०८२ स्वीकृत गरेको छ ।