ऋषि धमला हेटौंडाको अस्पतालमा पुगेपछि बिरामीहरुको बिलौना (भिडिओसहित)


काठमाडौं, २१ साउन । बागमती प्रदेशको राजधानी रहेको हेटौंडाको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा बिरामीहरुले समयमै उपचार नपाउने र स्वास्थ्य परीक्षणको लागि पालो कुर्नुपर्ने समस्या बढेको छ । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमला आज अस्पतालको अवलोकन भ्रमणमा पुगेका थिए ।

सो क्रममा उनले बिरामीहरुसँग पनि कुराकानी गरेका थिए । बिरामीहरुले अस्पतालमा सन्तोषजनक उपचार नभएको गुनासो पोखे । बिरामीहरुसँग चिकित्सक र नर्सहरुले राम्रो व्यवहार समेत नगरेको एक सेवाग्राहीले गुनासो पोखे ।

अस्पतालमा भिडिओ एक्सरेको लागि समय नपाएको एक जना महिलाले गुनासो पोखिन् । उनले आफु धेरै पेट दुखेर अस्पताल आएको भएपनि भिडिओ एक्सरेको लागि पालो नपाएको बताईन् । तर, अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सले भने दैनिक पन्ध्र सय बिरामीलाई सेवा दिईरहेको भन्दै उपचारमा कुनै कमी नगरेको दाबी गरे ।