काठमाडौं, २१ साउन । जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी हवल्दार भरत बस्नेत बहुविवाह मुद्दामा फरार भएका छन् । रामेछाप लिखुतामाकोशी गाउँपालिका–२ सैपु स्थायी ठेगाना रहेका बस्नेतले पोखरा बस्ने मिना बानियाँसँग बहुविवाह गरेको उनकी जेठी श्रीमती सावित्री बस्नेतको दाबी छ ।
भरत र मिना विगत १७ दिनदेखि फरार रहेको बताइएको छ । दुवैविरुद्ध भक्तपुर प्रहरी परिसरमा जाहेरी परेको र अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको बताइएको छ ।
प्रहरी परिसर भक्तपुरमा ड्युटीमा रहेको बेलामा मुद्दा दर्ता भएको सुराक पाइ उनी युनिफर्ममै फरार भएको उनको परिवारको भनाइ छ ।
जाहेरी दर्ता भएको १७ दिन भइसक्दा पनि प्रहरीले खोजी कार्य जारी छ भनेरमा आश्वसनमात्रै दिएर फर्काउने गरेको बताइएको छ ।




प्रतिक्रिया