शेयर बजारमा सामान्य सुधार, कारोबार ७ अर्ब बढी


काठमाडौं, २१ साउन । साताको कारोबारको चौथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३५ अङ्कले बढेको छ । आज (बुधबार) नेप्सेमा सामान्य सुधार भएर २८३६.३५ विन्दुमा रोकिएको छ । आज कूल कारोबारमा भने गिरावट आएको छ । आज ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज कारोबार भएको मध्ये ११२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । आज विन नेपाल लघुवित्त, महुली लघुवित्त र ट्रेड टावर कम्पनीलगायत कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, थ्रि स्टार हाइड्रोपावर, रिलायबल समृद्धि योजना, समता घरेलु लघुवित्तलगायतको शेयर मूल्यमा गिरावट आएको छ ।

आज लघुवित्त, लगानी, अन्य समूहका सूचक बढेको छ । म्युचल फण्ड समूह स्थिर रहँदा बैंक, व्यापार, होटल एण्ड टुरिजम, विकास बैंक, हाइड्रोपावर, फाइनन्स, निर्जीवन विमा कम्पनी, जीवन विमा कम्पनी र उत्पादनमा भने गिरावट आएको छ ।