काठमाडौं । बीवाईडीको नयाँ ह्याचब्याक कार एटो–वान सार्वजनिक भएको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडीको नयाँ ह्याचब्याक कार स्ट्यान्डर्ड रेन्ज डाइनामिक र लङ रेन्ज प्रिमियम गरी दुई भेरियन्ट सार्वजनिक गरेको हो ।
आजदेखि सुरु भएको अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) मोबिलिटी एक्स्पोबाट बीवाईडीले बिक्री सुरु गरेको छ । चीनमा सिगल, युरोपमा सर्फजस्ता नामले बिक्री हुँदै आएको ह्याचब्याक कार नेपालमा भने एटो–वान नामबाट बिक्री गरिने कम्पनीले जनाएको छ ।
डाइनामिक भेरियन्टको मूल्य २८ लाख ९५ हजार रुपैयाँ र प्रिमियमको ३२ लाख ९५ हजार रुपैयाँ तोकेको छ ।




प्रतिक्रिया