भारतीय प्रधानमन्त्री मोदी अगष्ट ३१ मा चीन भ्रमणमा जाने


काठमाडौं, २१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाने भएका छन् । पछिल्लो ७ वर्षमा मोदी पहिलोपटक भारत भ्रमणमा जान लागेका हुन् । अमेरिकासँगको सम्बन्धमा चिसोपना आईरहेको बेलामा मोदीको चीन भ्रमणको तयारी भएको विभिन्न अन्तर्राष्टिय मिडियाले लेखेका छन् ।

Shanghai Cooperation Organisation (SCO) को समिटमा भाग लिनको लागि मोदी यही अगष्ट ३१ मा चीनको बेईजिङ जान लागेका हुन् । भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच रसियामा गत अक्टोबरमा भएको ब्रिक्स समिटमा भेटवार्ता भएको थियो । file photo