बाबुराम भट्टराईले भैरहवा कारागार पुगेर लामिछाने भेट्ने


काठमाडौं, २२ साउन । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले रूपन्देहीको भैरहवा कारागारमा रहेका रवि लामिछानेलाई भेट्ने भएका छन् ।

लुम्बिनी प्रदेशको दुई दिने पार्टी प्रशिक्षण कार्यक्रमका लागि आज भैरहवा पुगेका भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेलाई भेट्ने भएका हुन् ।

कारागार प्रशासनका अनुसार भेटका लागि १०ः३० बजेको समय मिलाइएको छ । रास्वपा सभापति लामिछानेमा सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा छन् ।