प्रधानमन्त्री ओली नेतृत्वको सरकार इतिहासकै अलोकप्रिय भयोः माओवादी नेता मोदी


काठमाडौं, २३ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले वर्तमान सरकार पूर्णरुपमा असफल भएको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार इतिहासकै अलोकप्रिय रहेको बताएका हुन् । उनले ‘सबैभन्दा भ्रष्ट सरकार कुन हो ?’ भनेर लोकसेवामा सोधियो भने वर्तमान सरकारको नाम आउने बताए ।

‘यो सरकार सुशासनमा कति सफल ?’ भन्ने प्रश्नमा उनले भने, ‘शून्य । नेपालको आजसम्मको सरकार मैले हेर्दा र संसद्मा लामो समयसम्म मैले बस्दाखेरी आजसम्मको सबैभन्दा अलोकप्रिय, झुर । यदि गिनिजबुकमा नाम लेख्नुपर्यो भने यही सरकार । अझै भन्नुर्दा लोकसेवामा सोध्यो भने पनि यही सरकार । सुशासनमा टाढा, भ्रष्टाचारमा नामुद रुपमा नाम कमाएको । यही सरकारको नाम आउँछ ।’