काठमाडौं, २३ साउन । आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। आज सुनको मूल्य इतिहासकै उच्च भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तय गरेको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ रहेको छ ।
बिहीबारको तुलनामा आज शुक्रबार तोलामा एक हजार मूल्य वृद्धि भएको हो । यस्तै, आज चाँदीको पनि मूल्य बढेको छ । चाँदी प्रतितोला २३ सय २५ रुपैयाँ कायम भएको छ ।




प्रतिक्रिया