काठमाडौं, २३ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख राम पुकार साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले आज विशेष अदालतमा साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले साहलाई एक लाख रुपैयाँ घुस÷रिसवत लिइसकेको अवस्थामा रकमसहित नियन्त्रणमा लिइएको थियो।
नगरपालिकाको वडा नं.६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानी गर्ने क्रमका सेवाग्राहीसँग मेयर साहले बिचौलियामार्फत घुस÷रिसवत लिएको अख्तियारको दाबी छ ।
साह तेलीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को (ख) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय मागदाबी गरिएको छ ।




प्रतिक्रिया