रुकुमका धर्मे कामी भारतको मध्यप्रदेशबाट बेपत्ता


काठमाडौं, २३ साउन । भारतको मध्यप्रदेशबाट एक नेपाली बेपत्ता भएका छन् । भारतको गोवा जान हिडेका रुकुम त्रिवेनी गाउँपालिका–२ स्थायी घर भएका वर्ष ५४ का धर्मे कामी मध्यप्रदेशको भोपाल नजिक इटारसी भन्नेठाउबाट सम्पर्कविहीन भएका हुन् ।

उनी दिल्ली हुँदै ट्रेनको यात्राबाट गोवा जाँदै थिए । पाँच अगष्टको विहान करिब चारबजेको समयमा भोपाल र इटारसीको बीचबाट उनी आफन्तबाट सम्पर्कपविहीन भएका थिए ।

उनी अहिलेसम्म कसैको पनि सम्पर्कमा नआएका परिवारले बताएको छ । उनको खोजी कार्यमा सहयोग गरिदिन दिल्लीस्थित नेपाली राजदुतावासमा परिवारले अपिल गरेका छन् ।