शुभ समयका लागि रवि लामिछानेले अझै कुर्नुपर्ने हुन्छः ज्योतिषी रिजाल


काठमाडौं, २४ साउन । ज्योतिषी सुरेशचन्द्र रिजालले शुभ समयका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अझै केही दिन कुर्नुपर्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै ज्योतिषी रिजालले लामिछानेको पक्षमा अहिले राम्रो योग बनिनसकेको बताएका हुन् ।

‘केही समय उहाँको ग्रह दशा चलेको छ । खराब दशाहरुको उहाँले सामना गर्नुभएको छ । सधैभरी खराब दशा चलिरहँदैन । शुभ समय आउनका लागि उहाँले अझै केही समय कुर्नुपर्छ । रविजीले शुभ समयको लागि उहाँले कुरिरहनु भएको छ । पक्कै पनि त्यो समय आउँछ । अहिले तत्कालै राम्रो भइहाल्ने अवस्था छैन,’– उनले भने ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाृ ज्योतिषीको रुपमा कहलिएका रिजालले अहिले तत्कालै देशमा कुनै पनि प्रकारको अनिष्ठ, खड्गो र नराम्रो योग नरहेको बताए ।

‘सबैभन्दा पहिला राजनीति सङ्लिनुपर्यो । राजनीति सही बाटोमा हिँड्नुपर्यो । त्यसहा चाहिँ अझै हामीले केही कुराहरु सुधानुपर्ने छ । अहिले ग्रह दशाको हिसाबबाट तत्कालै अनिष्ठ, खड्गो, नराम्रो योगहरु बनिसकेको अवस्था चाहिँ छैन,’– उनले भने ।