माधव नेपाल–झलनाथ खनाल विवाद उत्कर्षमा, बोलाईयो लगातार पार्टी कमिटीका बैठकहरू


काठमाडौं, २४ साउन । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी कमिटीका बैठकहरु डाकेका छन् । पहिलो बैठक स्थायी कमिटीको राखेका छन् । अगाामी भदौ ४ गते स्थायी कमिटी बैठक बोलाईएको छ । भदौ ५ गते पोलिटब्यूरो र भदौ ८ गते केन्द्रीय कमिटी बैठक डाकेका छन् ।

पार्टीभित्र सम्मानित नेता झलनाथ खनालले आफूविरुद्ध सार्वजनिक रुपमा बोल्न थालेपछि सार्वजनिक रुपमै जवाफ फर्काउन थालेका नेपालले खनालले बस्न मन नभए पार्टी छोडेर जानसमेत भनिसकेका छन् । हिजोमात्रै पनि अध्यक्ष नेपालले विद्रोहप्रति गौरव गर्न नसक्ने भए एमालेमै फर्किएर अध्यक्ष केपी शर्मा ओलीको सेवा गरे हुन्छ भनेर खनाललाई तिखो प्रहार गरेका छन् ।

अध्यक्ष नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि खनालले नेतृत्वबाट अलग हुन भनेका छन् । तर, नेपाल पक्ष कुनैपनि हालतमा अध्यक्ष नेपालले कुनैपनि पदबाट अलग हुन नपर्ने तर्क गरिरहेको छ । अहिले नेपाल र खनालबीचको विवाद उत्कर्षमा पुगेको छ । file photo