काठमाडौं, २४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत व्यापारमा नेपाललाई साढे चार अर्ब फाईदा भएको दाबी गरेका छन् । उनले सरकारले अहिले विद्युत आयात परिमाण घटाउँदै लगेको पनि बताएका छन् । अहिले उद्योगमा पनि विद्युत प्रवाह बढाईएको उनको भनाई छ । प्रधानमन्त्री ओलीले आज विहान शुभ विहानीमा शुभ सन्देश भन्दै यस्तो तथ्यांक पेश गरेका हुन् ।
उनले फेशबुकमार्फत लेखेका छन्–‘हामीले विद्युत आयात परिमाण घटाउँदै लगेका छौं। विगतमा बिजुलीको आम प्रयोगमा लोडसेडिङ हटे पनि उद्योगहरूमा विद्युत कटौती गरिँदै आएकोमा अब उद्योगमा पनि विद्युत प्रवाह बढाइएको छ। हामीले यसवर्ष साढे ४ अर्ब फाइदा (आयात भन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौं।’





प्रतिक्रिया