काठमाडौं, २४ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भैरहेको द्धन्द्धको विषयमा बोलेका छन् ।
उनले दुई नेताबीच भएको दोहोरी देश र जनहित कुनै साईनो नभएको बताए । उनले दुई नेताको विवादलाई बेमौसमको बाजाको संज्ञासमेत दिएका छन् । उनले नयाँ पुस्ताले के सिक्ने भन्दै दुवै नेताले पदअनुसारको शैली अपनाउन नसकेको आरोप लगाए ।
उनले फेशबुकमा लेखेका छन्–
पटकै सुहाएन !!!
अफ्ठ्यारो समयमा पार्टोको नेतृत्व गरी प्रधानमन्त्री भएर देशको नेतृत्व गरिसकेका , यथास्थितिबाट देश र जनताका समस्या सम्बोधन नहुने ठहर गरी नयॅा पार्टी बनाएका !!! आदरणिय माधव नेपालजी र आदरणिय झलनाथ खनालजी बिचको दोहोरी ( ? ) राष्ट्र , जनहितसॅग कुनै साइनो नभएको बेमौसमको बाजा जस्तो बनेको छ । नयॅा पुस्ताका लागि आदर्श र अनुकरणीय बन्नु पर्नेमा पद अनुसारको यो शैली भएन !!! प्रयोग गरिएका शब्दले वितृष्णा फैलाएको छ !!! सुहाएन !!! तपाईहरु हाम्रो पनि नेता हो !!! नयॅा पिंढीले के सिक्ने ? के अनुशरण गर्ने ?




प्रतिक्रिया