काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एमाले) लाई कुलिङ अफ पिरियडको पक्षमा ल्याएरै छाड्ने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री ओली र एमालेलाई कुलिङ अफ पिरियडको पक्षमा पुर्याउने बताएका हुन् । ‘हामी नेकपा (एमाले) लाई अथवा प्रधानमन्त्रीलाई कुलिङ अफ पिरियडको पक्षमा ल्याउने ठाउँमा पुर्याउँछौं । त्यहाँ आउनुपर्छ,’– उनले भने ।
अहिले कांग्रेससहितको सरकार रहेकाले प्रधानमन्त्री ओलीले आफूहरुले भनेको कुरा स्वीकार गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओली नेतृत्वको सरकार सही ढंगले चल्न नसकेको पनि उनले संकेत गरे ।
‘केपी शर्मा ओली नेपाली कांग्रेससहितको सरकारको प्रधानमन्त्री हो । उहाँले कांग्रेसले भनेका कुराहरुलाई पनि स्वीकार गर्नुपर्छ र प्रधानमन्त्रीले सही ढंगले नेतृत्व गर्नुपर्छ,’– उनले भने ।




प्रतिक्रिया