राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता


काठमाडौं, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज (आइतबार) बिहान राष्ट्रपति निवास शीतल निवासमा प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री ओलीले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको र समसामयिक विषयमा समेत छलफल भएको बताइएको छ ।