काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका सह-महामन्त्री जीवन परियारले डा. शेखर कोइराला देशको प्रधानमन्त्री बन्ने कुरा सुन्दा खुशी लाग्ने प्रतिक्रिया दिएका छन् । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले शेखर प्रधानमन्त्री बन्ने भनेर गरेको दाबीबारे ऋषि धमलाले सोधेको प्रश्नमा नेता परियारले यो सुन्दा खुशी लाग्ने प्रतिक्रिया दिए ।
उनले भने,‘डा. शेखर कोइराला देशको प्रधानमन्त्री बन्ने कुरा सुन्दा खुशी लाग्छ । तर, अमरेशकुमार सिंहले बोलेको कुरामा सत्यता छैन ।’ हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुारकानीमा उनले तत्काल शेखर कोइराला प्रधानमन्त्री बन्ने सम्भावना नरहेको जिकिर गरे ।
संघीय निजामती सेवासम्बन्धी विद्येयकमा राखिएको कुलिङ अफ पिरियडबारे भएको छेडखानीबारे छानबिन गर्न बनेको आफू नेतृत्वको संसदीय समितिले मिहिन ढंगले प्रतिवेदन तयार पारेको महत्वपूर्ण काम गरेको स्पष्ट पारे ।




प्रतिक्रिया