काठमाडौं, २६ साउन । सूदुरपश्चिम प्रदेशका प्रहरी प्रमुख डिआईजी डम्बरबहादुर विश्वकर्माले कैलाली कारागारको अवस्था अहिले सामान्य बनेको दाबी गरेका छन् । यसअघि कैलाली कारागारमा कैदीबन्दीहरुबीच झडप भएको थियो । झडपमा परी एक जना कैदीको निधन र झण्डै ५० जना कैदीबन्दीहरु घाईते भएका थिए ।
कारागार कैदीबन्दीहरुको नियन्त्रणमा थियो । तर, हिजो नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रवेश गरेर कारागार नियन्त्रणमा लिएको समाचार आएको थियो । त्यसको भोलिपल्ट आज सो प्रदेशका डिआईजी बिश्वकर्माले अहिले कारागारको अवस्था सामान्य बनेको दाबी गरेका हुन् ।
नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् । उनकाअनुसार कारागारमा रहेका एक–अर्को समूहको आपसी मनमुटावको कारण यो घट्ना घटेको हो । उक्त घट्नाको यथार्थ ल्याईने र त्यसको लागि समिति समेत बनिसकेको उनको भनाई छ ।
उनले अहिले देशभरि नै क्षमताभन्दा बढि कैदीहरु राख्नुपर्ने समस्या रहेको सुनाए । कारागारको क्षमता वृद्धि गराउनको लागि सरकारले कदम चाल्नुपर्ने उनको सुझाव छ ।




प्रतिक्रिया