रवि लामिछानेको निवेदनमाथि बहस सकियो, आजै आदेश आउनसक्ने


काठमाडौं, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई रिहा गर्न माग गरेको निवेदनमाथि सुनुवाई भएको छ ।

रुपन्देही कारागारमा पुर्पक्षको लागि थुनामै रहेको बेलामा लामिछानेले जिल्ला अदालत रुपन्देहीमा आफूलाई रिहा गर्न माग गरेर गत साउन १८ गते निवेदन दिएका थिए ।

सो निवेदनउपर आज सुनुवाई भएको हो । न्यायाधीश नारायण सापकोटाको इजलासमा सुनुवाई भएकोमा बहस सकिएको छ । आजै आदेश आउनसक्ने अदालत प्रशासनले जनाएको छ ।