रासायनिक मल अभावबारे प्रधानमन्त्री ओलीले कृषिमन्त्री अधिकारीसँग छलफल गर्दै


काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीको सिजनमा मल अभावको समस्या आएको भन्दै कृषिमन्त्री रामनाथ अधिकारीसँग छलफल गर्ने भएका छन् । यसअघि प्रधानमन्त्री ओलीले रासायनिक मलको अभाव नहोस भनेर सरकारले विशेष ध्यान दिएको बताएका थिए ।

उनले कृषि मन्त्रालयको डाटाअनुसार तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको र एक लाख ४० हजार ५०४ मेट्रिक टन मल आउने क्रममा रहेको तथ्यांक पेश गरेको थिए । तर, किसानहरुले मल नपाएको गुनासो व्यापक रुपमा गर्न थालेपछि प्रधानमन्त्री ओलीले आज कृषिमन्त्री अधिकारी र सम्बद्ध अधिकारीहरुसँग छलफल गर्न लागेका हुन् ।

दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मलको अभाव हुन नदिने विषयमा प्रधानमन्त्री ओलीले नै बोल्ड निर्णय लिने भएका छन् ।