काठमाडौं, २७ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् । तर, विश्वासको मत लिन केही घण्टामात्रै बाँकी रहेको बेलामा कांग्रेसकै १४ सांसदहरु काठमाडौंमा छुट्टै भेलामा छन् । निवर्तमान मुख्यमन्त्रीसमेत रहेका लामाले आफूहरुको माग सम्बोधन नगरेकोले विश्वासको मत दिन नसकिने भनेर छुट्टै भेलामा व्यस्त छन् ।
पार्टी सभापति शेरबहादुर देउवासँगको पटक पटकको भेटवार्तामा लामाले आफूहरुको माग पूरा नगरेको गुनासो पोख्दै आएका छन् । लामाले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन नसकिने सन्देश प्रवाह गराएका छन् । तर, मुख्यमन्त्री बानियाँ भने कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले दलीय ह्वीप कसैले पनि उल्लंघन नगर्ने विश्वास राखेका छन् ।




प्रतिक्रिया