‘एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ दिने मन्त्रिपरिषद्बाट निर्णय भएको छ’ : मन्त्री चौधरी


काठमाडौं, २७ साउन । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने हिजोको मन्त्रिपरिषद्बाट निर्णय भएको बताएका छन् ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै उनले भने,‘हिजोमात्रै मन्त्रिपरिषद्बाट पाँच लाख रुपैयाँ दिने कुरा पास भएको छ । प्रशिक्षकलाई पनि २ लाख दिने भनिएको छ । प्रक्रिया मिलाउने काम भएको छ । कानून, ऐन मिलाउनुपर्ने हुन्छ । राष्ट्रपतिले सम्मान गर्नुपनि ठूलो कुरा हो । आर्थिक सहयोगको लागि त सरकारले निर्णय लिएको छ ।’

सरकारले अहिले ट्यालेन्ट हन्ट कार्यक्रम अघि बढाएको पनि उनले सुनाए । देशव्यापी रुपमा सबै खेलको लागि आवश्यक पूर्वाधार विकासको लागि काम भैरहेको पनि उनले विश्वास दिलाए ।