काठमाडौं, २७ साउन । बागमती प्रदशेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने दिनमै आफ्नै दलका नेता तथा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले १४ जना राखेर काठमाडौंमा छुट्टै भेला गरेपछि मुख्यमन्त्री बानियाँ विकल्पको खोजीमा लागेका छन् । उनले आज राप्रपाको साथ लिनेगरि कदम चालेका छन् ।
बागमती प्रदेशमा राप्रपाको राम्रो उपस्थिति छ । १३ सांसद रहेको राप्रपाले विश्वासको मत दिए बानियाँले सहजै मत पाउनेछन् । विश्वासको मत प्राप्तको लागि बानियाँले ५६ जना सांसदको मत पाउनुपर्नेछ । कांग्रेसमा ३७ सांसद भएपनि लामाले १४ जना सांसद काठमाडौंमा होल्ड गरेको कारण अहिले बानियाँको पक्षमा २३ जना छन् ।
एमालेको २७ सांसद छन् । दुवै दलले मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिनको लागि दलीय ह्वीप लगाएका छन् । तर, दलको ह्वीपको बावजुदपनि लामाले आफ्नो माग सम्बोधन नभएसम्म विश्वासको मतको लागि सहयोग गर्न नसकिने अडान राखेका छ्न ।




प्रतिक्रिया