राप्रपाले पनि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने


काठमाडौं, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री बानियाँले प्रदेशसभाको बैठकमा आज विश्वासको मत मागेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले विश्वासको मत नदिने भनेको छ ।

विपक्षी दल राप्रपाले पनि मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने भएको छ । प्रदेशसभाको बैठकमा भाग लिँदै राप्रपाका दलका नेता उद्धव थापाले आफूहरु प्रतिपक्षमै बस्ने भन्दै विश्वासको मत नदिने बताए । उनले कांग्रेस र एमाले ठूला दलको बहुमत रहेकोले आफूहरुको मतको आवश्यक मुख्यमन्त्रीलाई नभएको बताए ।