प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधन गर्ने


काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सदनमा बोल्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

उनकाअनुसार प्रधानमन्त्री ओलीले आफ्नो भर्खरै सम्पन्न भएको विदेश भ्रमणको उपलब्धि र समसामयिक विषयमा सम्बोधन गर्ने भएका छन् । यसअघि प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणबारे सदनलाई जानकारी गराएका थिए । स्पेन भ्रमणमा जानुअघि प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणको उद्देश्यबारे प्रकाश पारेका थिए । file photo