मिस्टर नेपालका प्रतिष्पर्धीहरूलाई ऋषि धमलाको टिप्स : मेहनत गर्न नछोड्नुहोस, सफलता हात लाग्छ (भिडिओ सहित)


काठमाडौं, २८ साउन । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले मिस्टर नेपाल–२०२५ प्रतियोगितामा भाग लिएका प्रतिष्पर्धीहरुलाई प्रेरणादायी सुझाव दिएका छन् । आज काठमाडौंमा आयोजित प्रशिक्षणमा धमलाले निरन्तर मेहनत गरे सफलता हात लाग्ने सुझाव दिएका हुन् ।

उनले लक्ष्यमा पुग्नको लागि महत्वकांक्षा पाल्नसमेत सुझाव दिए । ठूलो एम्बिसन नलिएसम्म आफ्नो लक्ष्यमा पुग्न कठिन हुने उनको भनाई छ । युवा पुस्ता समाजसेवाप्रति पनि आकर्षित भैरहेको भन्दै त्यो बाटो पहिल्याउन उनले प्रतिष्पर्धीहरुलाई सुझाव दिए । उनले समाजसेवाको लागि ठूलो हृदय बनाउन सुझाए ।

सफलताको जुनसुकै उचाईंमा पुगेपनि इमानदारी नत्याग्न धमलाको अर्को सुझाव छ । उनले भने,‘नैतिकता ठूलो मूल्यवान कुरा हो । जनताले प्रश्न उठाएपछि नैतिकता देखाउनुपर्छ । म अहिले यहाँ नेताहरुको नाम लिन चाहन्नँ, तर मैले धेरै नेताहरुको जागिर खाईदिएको छु । म पत्रकारिताको लागि कोहीसँग सम्झौता गर्दिनँ ।’