काठमाडौं, २८ साउन । प्रतिनिधिसभाको बैठक जारी छ । बैठक सुरु हुनासाथ आजपनि रास्वपा र राप्रपाका सांसदहरुले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले उनीहरुलाई बोल्नको लागि समय दिएका थिए ।
रास्वपाबाट अशोक चौधरी र राप्रपाबाट दीपकबहादुर सिंहले बोले । उनीहरुले भिजिट भिसा प्रकरणमा शक्तिशाली न्यायिक आयोग गठन नभएसम्म सदनमा अवरोध र आन्दोलन जारी राख्ने चेतावनी दिए ।




प्रतिक्रिया