चक्रे मिलनलाई ३० हजार धरौटीमा छोड्न अदालतको आदेश


काठमाडौं, २८ साउन । काठमाडौं जिल्ला अदालतले चक्रे मिलन भनिने राजिव गुरूङलाई ३० हजार धरौटीमा छोड्न आदेश दिएको छ । जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले उनलाई ३० हजार रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको हो ।

उनीविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर भएको थियो । उनीविरुद्ध भक्तपुर जिल्लामा ज्यान मार्ने उद्योगको कसुरको मुद्दा छ । त्यही भएर उनलाई भक्तपुर पठाईने प्रहरी स्रोतले जनाएको छ ।