काठमाडौं, २९ साउन । गायक, हाँस्यकलाकार एवं कवि श्रीकृष्ण सिम्खडाले गाईजात्राको अवसर पारेर ‘जुनै जोगी आए पनि कानै चिरेको’ व्यङ्ग्यात्मक प्यारोडी गीत ल्याएका छन् ।
कलाकार सिम्खडाले आफ्नै यूट्युव च्यानल … बाट सो गीत सार्वजनिक गरेका हुन् । गीतमा स्वर, संगीत र रचना सिम्खडा स्वयंको रहेको छ भने कोरस गायनमा सरिता शाही र एन्जिला श्रेष्ठले साथ दिएका छन् ।
गीतको म्युजिक एरेन्ज गायक तथा संगीतकार सञ्जय खड्गीले गरेका छन् । राज्यले युवालाई देशमै रोजगारी सपना देखाउन सक्नुपर्ने र रोजगारी दिनुपर्ने सन्देश गीतमार्फत दिएका छन् । गायक एवं गीतकार सिम्खडाले गीतमार्फत देशले जित्ने राजनीति खेलको आह्वान गरेका छन् ।
‘दैनिक हजारौं युवाले देश छोडिरहेको अवस्थामा विद्यामान छ । युवा रहेमा मात्र देशको अस्तित्व रहने भएकाले युवालाई राज्यले देशमै अवसर र रोजगारीको वातावरण बनाउनुपर्छ भन्ने सन्देश दिन मैले यो गीत रचना गरेर गाएको हो,’– उनले भने ।




प्रतिक्रिया