‘घुमौं मधेश, बुझौं मधेश’ का संयोजक ठाकुरले भारतीय रक्षामन्त्री सिंहलाई भेटेर बुझाए ज्ञापनपत्र


काठमाडौं, २९ साउन । मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयअन्तर्गत रहेको ‘घुमौं मधेश बुझौं मधेश’ का संयोजक विकाश कुमार ठाकुरले भारतीय रक्षामन्त्री तथा भाजपाका पूर्व अध्यक्ष राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्तामा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व संविधानसभा सदस्य अभिषेकप्रताप शाहपनि थिए । भारत भ्रमणको क्रममा ठाकुरले आज भारतीय रक्षामन्त्री सिंहसँग भेट गरी एक ज्ञापनपत्रसमेत बुझाएका हुन् ।

मधेश प्रदेशको धार्मिक एवं ऐतिहासिक पर्यटकीयस्थललाई भारतसँग जोड्न र प्रचारप्रसार गर्नको लागि आफूले भारतीय रक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाएको ठाकुरले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

उनले सो क्रममा नेपाल र भारत दुवै सरकारबीच आपसी समन्वय गरेर रामायण सर्किटअन्तर्गत जनकपुरधामलाई विशेष रुपमा सामेल गराउनुपर्ने माग राखेका छ्न ।