काठमाडौं, ३० साउन । कुटनीतिज्ञ तथा पूर्वराजदूत डा. विजयकान्त कर्णले भारतीय विदेशसचिव विक्रम मिश्री नेपाल भ्रमणमा आउँदा सिमा विवादको विषयमा कुराकानी हुनसक्ने बताए । उनले सिमासम्बन्धी दुई देशबीच सविचस्तरीय संयन्त्र रहेको भन्दै त्यो संयन्त्रले छलफल हुने बताए । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको ‘नेपाली बहस’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले भने,‘तर, यहाँ समस्या कहाँ छ भने खासगरी कालापानीको विवादमा के समस्या छ भने हामीले संविधान संशोधन गरिसकेका छौं । हामीले एकतर्फी निर्णयहरु गरिसकेका छौं । अब त्यहाँ वार्ता कुन आधारमा हुने ? हामीमा त्यो बेलामा प्रचण्ड राष्ट्रवाद जागेको अवस्था थियो । अब कसैले सुन्ने होईन । यस्ता विवादहरु नक्सा लगेर संविधानमा राखेको दुनियाँको कुनै देशले पनि राखेको हुँदैन । यो गर्नुहुँदैन भनेर भन्दा भन्दैपनि गरियो, होईन गर्नुपर्छ भनेर गरियो । यो गरेर हामीले हाम्रो हातखुट्टा बाँधेका छौं । अब वार्ताको टेबुलमा हाम्रा सचिवहरु, डिप्लोम्याट र एक्सपर्टहरुले के वार्ता गर्ने ? कसरी नेगोसिएट गर्ने ? त्यो हामीले निर्णय भयो । नक्सा जारी गर्नु एक हदसम्म ठिक थियो । तर, संविधान संशोधन नै गरियो ।’ उनले नेपालको संविधान संशोधन गरेर नक्शा पहिला निकाल्नुपर्ने सुझाव दिए ।
पत्रकार धमलाले ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी’ नेपालको नक्शामा राखेर संविधान गरिएको छ, अब के गर्दा त्यो सिमा विवादको समस्या समाधान हुन्छ त ? भनेर राखेको प्रश्नमा कर्णले भने,‘त्यो पहिला नेपालको संविधान संशोधन गरेर नक्शालाई संविधानबाट निकाल्नुपर्यो । दुनियाँको कुनैपनि देशले यस्ता काम गर्दैन् । भारतले संविधानमा हालेको छ र? चीनले हालेको छ र? कसरी नेगोसिएट भारत र चीनको ? यदि संविधानमा हालिदिएको भएको ।’




प्रतिक्रिया